Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

खोटाङ – वर्षाका कारण अवरुद्ध बनेको खोटाङको दिक्तेल–रेग्मीटार सडक पाँच महिनापछि सञ्चालन भएको छ । वर्षासँगै जेठदेखि अवरुद्ध बनेको सडकको हिउँद लागेपछि सञ्चालन भएको हो ।

दिक्तेल–गाइघाट सडक खण्डअन्तर्गत पर्ने यो सडक सञ्चालन भएसँगै गाइघाट जानका लागि छोटो बाटो खुलेको खोटाङ यातायात व्यवसायी संघका दिक्तेल काउण्टरका कर्मचारी अमिर अधिकारीले बताउनुभयो । यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडक पनि सञ्चालन भएको छ ।

वर्षाका कारण जेठदेखि अवरुद्ध ४६ किलोमिटर लामो सडक सामान्य मर्मतपछि सञ्चालनमा आएको हो । दिक्तेल–चखेवा सडक सञ्चालनमा आएसँगै खोटाङबाट भोजपुर जानकालागि सहज भएको यातायात व्यवसायी संघले जनाएको छ । रेग्मीटारबाट फोक्सिङटार पुग्ने सडक भने अझै सञ्चालनमा आउन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया