Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

लमजुङ – सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुईथरिलाई कारबाही सुरु गरेको छ ।  नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो ।

चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो । चलाउने भन्दा पनि अनुमतिपत्र नभएकालाई सवारी दिनेको लापरबाही भएको छ भन्दै सवारीधनीलाई पनि जरिवाना लिइएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार चालक र सवारीधनी दुवैबाट रु एक÷एक हजार जरिवाना लिने गरिएको छ । चालक अनुमतिपत्र नभएका एउटै व्यक्ति धेरै पटक कारबाहीमा पर्दा समेत सुधार नभएपछि सवारीधनीलाई कारबाही सुरु गरिएको हो ।

सवारीधनीलाई नै कारबाही गर्न थालिएपछि चालक अनुमतिपत्र नभई सवारी चलाउनेहरुको सङ्ख्यामा कमी आउने विश्वास ट्राफिक प्रहरी अच्युत विष्टले व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया