Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

भोजपुर  – भोजपुर पश्चिमी लेखर्क-५ मा परालमा आगलागी हुँदा नजिकै खेलिरहेका चार वर्षका मनिष चौलागाइँको ज्यान गएको छ ।

शनिबार बिहान ११ बजेतिर मनिषले लाइटर खेलाउँदा परालमा आगो लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगो सल्किएपछि ग्वालीको भुइँतलामा लुक्दा छाना खसेर मनिषलाई आगोले छोपेको प्रहरीले जनाएको छ । आगलागी हुँदा मनिषका आमाबुवा खेतमा काम गर्न गएका थिए ।

तपाईको प्रतिक्रिया