Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ – उपत्यकाका प्रमुख नदी सफाइ गरी आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

fohor

सफाइको नेतृत्व पूर्वमुख्यसचिव लीलामणि पौड्याल, पूर्वसचिव किशोर थापा लगायतले गर्नुभएको थियो । सफाइमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत सात सयको सहभागिता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो । रुद्रमती सफाइको १४१ औँ हप्तामा आज कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशालामा जनजागरण अभियानसहित सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले बताउनुभयो ।

फोहरमुक्त सडक घोषणा गरिएको यो सडकमा फोहर फालेमा जरिवाना गर्ने जानकारीसमेत सो अवसरमा गराइयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, महानगरपालिकाको वडा नं ९ र ३३ एवम् महानगरीय प्रहरी वृत्त कमलपोखरी, गौशाला, सामुदायिक प्रहरी हाँडीगाउँको सक्रिय सहभागिता थियो । नख्खु खोला सफाइको ६४ औँ हप्तामा आज कुसुन्ती दिव्यनगरस्थित नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आइतबार सूर्यको आराधना गरी मनाउन लागिएको छठ पर्वको तयारीका लागि पनि सो स्थानमा सफाइ गरिएको संयोजक बलुदेव पाण्डेले बताउनुभयो ।

यहाँबाट सङ्कलन गरिएको फोहर ललितपुर उपमहानगरपालिकाले व्यवस्थापन गर्यो । आजै गुह्येश्वरीमाथिको बागमती क्षेत्रमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।

विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु गरिएको सफाइ महाअभियानले उपत्यकाका नदी तुलनात्मक रुपमा सफा हुन थालेका छन् । नेपालको तीन दिने राजकीय भ्रमणमा आउनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार पशुपतिमा विशेष पूजापछि बागमती नदीको दर्शन गर्दै सात वर्ष अघिभन्दा नदी सफा भएको भन्दै सराहना गर्नुभयो ।

तपाईको प्रतिक्रिया