Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं  – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेलमा नेपालले शनिबार टिमोर लिस्टेसँग खेल्नेछ । नेपाल र टिमोर लिस्टेबिचको खेलमा मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा नेपाली समय अनुसार बेलुका सवा पाँच बजे सुरु हुने छ ।

टिमोर लिस्टेको यो समूहको दोस्रो खेल हो । गएको बुधबार भएको पहिलो खेलमा टिमोर लिस्टे ब्रुनाइसँग ४–० ले पराजित भएको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक ग्योटुकु कोजीले टिमोर लिस्टेले पहिलो खेल गुमाएको भएपनि आफूहरुले उसलाई कमजोर रुपमा नलिएको बताएका छन् । ब्रुनाइसँगको खेलमा टिमोर लिस्टेले पानीले भिजेको मैदानमा खेलेकाले उनीहरुको वास्तविक खेल देख्न नपाएको प्रशिक्षक कोजीले बताए ।

नेपालले पछिल्लो पटक सन् २०११ मा टिमोरलाई हराएको थियो । नेपाली टोलीका कप्तान अनिल गुरुङले टिमोरको टिम सन् २०११ भन्दा पूर्ण रुपले परिवर्तन भएको र उनीहरु कमजोर नरहेको बताए । तर आफूहरु खेलका लागि पूर्ण तयार रहेको उनको भनाई छ ।

टिमोर लिस्टेका मुख्य प्रशिक्षक फाबियो डा सिल्भाले पहिलो खेलमा मैदानका कारण राम्रो खेल्दा खेल्दै पनि नतिजा आफ्नो पक्षमा नआएका बताउँदै नेपालसँगको खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका छन् ।

सात देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल, टिमोर लिस्टे र ब्रुनाइ समूह एमा छन् । यस्तै समूह बीमा श्रीलंका, मकाउ, मंगोलिया र लाओस छन् ।

तपाईको प्रतिक्रिया