Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति भिभिआइपीको सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताउनुभएको छ ।

नेपाली कांग्रसेका नेता समेत रहनुभएका मन्त्री खाँणले आज रासससँग कुरा गर्दै राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिका बारेमा विश्वमा सकारात्मक सन्देश गएको छ भन्नुभयो ।

राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल-भारत द्धिपक्षीय सम्बन्धमा सुधार तथा विश्वासको वातावरण बनेको उहाँको धारणा छ । राष्ट्रपति मुखर्जीको सुरक्षामा पनि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै मन्त्री खाँण भन्नुभयो, ‘सुरक्षामा हामीले कुनै कमी हुन दिएनौ, त्यस क्रममा बाटो खाली गराउँदा जनतालाई केही कठिनाइ भएको हुनसक्छ । तर यस भ्रमणले विश्वभर मुलुकको बारेमा सकारात्मक सन्देश गएको छ ।’

भ्रमणले छिमेकीमूलुक भारतसँगको मित्रता र सद्भावमा वृद्धि हुनुका साथै भोलिका दिनमा अन्य मुलुकबाट पनि अति विशिष्ट व्यक्तिको नेपाल भ्रमण हुने बाटो खुलेको उहाँको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया