Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अब म्याग्दी जिल्लाभरी बिद्युतिय पुस्तकालय (ई–लाईब्रेरी) सञ्चालन हुने भएको छ ।

प्राबिधिक र गुणस्तरिय शिक्षावाट नेपाली शिक्षा जगतलाई नै विश्वब्यापी प्रतिस्पर्धी गराउने उद्देश्यका साथ म्याग्दी प्रवासी नेपाली संघको ब्यवस्थापनमा म्याग्दी जिल्लाका सम्पूर्ण स्कुल, क्याम्पस र सामुदायीक पुस्तकालयमा बिद्युतिय पुस्तकालय सञ्चालनमा आउने भएको हो । म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय कार्यसमितिको प्रथम बार्षिक साधारण सभाको एक बिषेश कार्यक्रममा बोल्ने बक्ताहरुले बिद्युतिय पुस्तकालय समय सापेक्ष अत्या आवश्यक रहेकोले सो स्थापना गर्न जुटेको म्याग्दी प्रवासी नेपाली संघलाई घन्यवाद तथा शुभकामना ब्यक्त समेत गरेका थिए । 14797448_1209284199109739_1718707939_n

जिल्लाभरी बिद्युतिय पुस्तकालय स्थापना अभियानका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) ने नेपाल लाईब्रेरी फाउण्डेशनसंग सहकार्य गरिरहेको छ । बिद्युतिय पुस्तकालयको प्राविधिक जिम्मा लिएको नेपाल लाईबेरि फाउण्डेशनका कार्यक्रम प्रबन्धक धन कुमार श्रेष्ठले पुस्तकालय को बारेमा प्राबिधिक पक्ष तथा पुस्तकालयको बिशेषताको बारेमा स्पष्ट पार्नुभएको थियो । यसैगरि जिल्ला शिक्षा अधिकारि राम कुमार श्रेष्ठले म्याग्दी जिल्लाको शिक्षा क्षेत्रको बिकासको लागि मोनालाई हर तरहले सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गर्दै मोनासंग सहकार्य गरेर अगाडि बढे जिल्ला को शैक्षिक गुणस्तर माथि उकासिने विश्वास ब्यक्त गर्नुभयो ।

यसैगरि मोनाले जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक बिकास गरि समृद्ध जिल्ला बनाउनको लागि बिभिन्न सामाजिक कार्य गर्दै आइरहको छ । गत बर्ष बेनीमा सम्पन प्रथम महाधिबेशन पश्चात जिल्लाको निःशुल्क वाईफाई अभियानलाई आर्थिक संकलन गर्ने नेतृत्व लिए पश्चात सो अभियान अन्तिम चरणमा पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया