Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मुस्ताङ – मुस्ताङमा पछिल्लो एकहप्तामा ह्वात्तै चिसो बढेको छ । चिसो बढेसँगै उपल्ला क्षेत्रका छ गाविसका सर्वसाधारण धमाधम बेँसी झर्न थालेका छन् । हिउँदे अन्नबाली थन्काएर लोमान्थाङ, छोसेर, छोण्हुप, घमी, सुर्खाङ र चर्राङ गाविसका १६ देखि ४० वर्ष उमेर समूहका सर्वसाधारण बेँसी झर्न थालेका हुन् । mustang1

उनीहरुले कात्तिक दोस्रो हप्तादेखि फागुन अन्तिम सातासम्म म्याग्दी, बाग्लुङ, पर्वत, पोखरा, तनहुँ, काठमाडौँ र भारतसम्म पुगेर घुम्ती व्यापार गर्दछन् । यी गाविसमा करिब चार महिना वस्तुभाउको हेरचाह गर्न एक दुईजना वृद्धवृद्धा मात्रै रहन्छन् । स्कुले विद्यार्थी घुम्ती विद्यालयमा अध्ययन गर्न पोखरा झरिसेकका छन् । छ गाविसमा १२ भन्दा बढी विद्यालयले पोखराको लेखनाथ, बाग्लुङ बसपार्क र चिसापानीमा घुम्ती विद्यालयको शिविर सञ्चालन गरिसकेका छन् ।

चिसो बढेकाले फापर, जौँ, गहुँ र कोदो जस्ता अन्नबाली थन्काएर सर्वसाधारण धमाधम बेँसी झर्न थालेको छोसेरका स्थानीय लाम्पा छिरिङ गुरुङले जानकारी दिनुभयो । ‘हामीले तीन महिनासम्म घुम्ती व्यापार गर्छौं, केही रकम बचत गरेर किनमेल गरेर फर्कन्छौँ’ उहाँले भन्नुभयो, ‘चिसोले हाम्रो गाउँमा खासै अन्नबाली हुँदैन, व्यापारबाट आम्दानी गरेर त्यसैबाट जिविका चलाउने हो ।’ घुम्ती व्यापारमा उनीहरुले मुस्ताङमा पाइने जिम्बु, भारतबाट ल्याइएका विभिन्न किसिमका लत्ताकपडा, सिद्रा, सियो, मालालगायतको व्यापार गर्ने गरेका छन् ।

चिसो बढेसँगै बिहान र बेलुकी सदरमुकाम जोमसोम लगायतका आसपासका क्षेत्रमा आगो तापेर बस्ने समूहसमेत बढ्न थालेका छन् । चिसोका कारण मुस्ताङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि कम हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया