Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

नेपालगन्ज – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधनको औचित्य पुष्टि भएमा आफ्नो दल संशोधनको पक्षमा रहने बताउनुभएको छ ।

एमाले बाँके जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित विभिन्न पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘संविधानले हिमाल, पहाड र तराईमा बसोबास गर्ने कुनै जाति, समुदायलाई विभेद गरेको छैन भने यसको संशोधन किन आवश्यक प¥यो संशोधन चाहने पुष्टि गर्न सक्नुपर्छ ।’ अङ्गीकृत नागरिकलाई संवैधानिक पदको व्यवस्था गर्ने संविधान आफ्नो दललाई कदापि मान्य नहुने स्पष्ट पार्दै उहाँले कहीँ नभएको जात्रा नेपालमा प्रदर्शन गर्ने प्रयासलाई आफ्नो दलले विफल बनाएरै छाड्छ भन्नुभयो ।

धाक, धम्की देखाएर, मान्छे कुटेर माग पूरा हुँदैन् , तर्क दिन सक्नुपर्छ भन्दै उपाध्यक्ष गौतमले संविधान संशोधन हुने दस्तावेज हो तर त्यो राष्ट्रिय स्वतन्त्रता, मुलुकको अखण्डता, राष्ट्रिय एकताका पक्षमा देखिएको हुनुपर्छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया