Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले एनआरएनए आइसीसीले गोरखाको लाप्राकमा ६ सय वटा घर सहितको नमुना बस्ती बनाउने परियोजनामा सघाउने भएको छ ।

गत वर्ष बैशाख १२ गते गएको महाभूकम्पबाट पीडितहरुलाई राहत, उद्वार तथा सहयोग गर्न जापानमा गठित राहत तथा सहयोग समितिले संकलित सहयोग रकमको मौज्दात गोरखाको लाप्राकमा एनआरएन आइसीसीले निर्माण गर्न लागेको ६ सय वटा घरसहितको नमुना बस्ती निर्माण प्रोजेक्टमा सघाउने गरी पठाउने भएको हो ।

नेपालमा महाभूकम्प गएलगत्तै एनआरएन जापानसहित जापानमा रहेका दर्जनौ संघसंस्थाहरु सम्मिलित भूकम्प पीडित राहत तथा सहयोग समिति जापान गठन भएको थियो ।

एनआरएन आइसीसीका उपाध्यक्षसमेत रहेका समितिका संयोजक भवन भट्टको अध्यक्षतामा बिहिबार बसेको सहयोग समितिको बैठकले लाप्राक प्रोजेक्टमा सघाउने गरी मौज्दात रकम काठमाडौंस्थित एनआरएनए आइसीसी सचिवालयको खातामा पठाउने निर्णय गरेको हो ।
bhu-1नेपालमा भूकम्प गएलगत्तै एनआरएन जापानको सक्रियता र यहाँका क्रियाशील बिभिन्न संघसंस्थाहरुको सहकार्यमा जापानको बिभिन्न सहर तथा रेल स्टेशनहरुमा राहत सहयोग रकम संकलन अभियान चलाईएको थियो । सो अभियानबाट कुल ५ करोड ३० लाख १७ हजार ३४ येन संकलन भएको एनआरएन जापानका कोषाध्यक्षसमेत रहेका सहयोग समितिका सदस्य दिपक थापाले जानकारी दिनुभयो ।

जसमध्य तत्काल राहतका लागि एनआरएन आइसीसीको जिम्मामा ३ करोड येन नेपाल पठाईसकिएको भए पनि त्यसबाट १२ प्रतिशत रकम मात्र खर्च भएको संयोजक भट्टले समुद्रपारिलाई बताउनुभयो । पठाईएको रकमबाट नेपालमा खर्च भई बाँकी रहेको रकम र जापानमा रहेको मौज्दात रकम २ करोड ३० लाख १७ हजार ३४ येन लाप्राक प्रोजेक्टमा खर्च गर्ने गरी समितिले तत्काल रकम नेपाल पठाउने निर्णय गरेको हो । लाप्राक प्रोजेक्टमा जापानबाट पठाईएको रकमबाट निर्माण हुने घरहरुमा जापानबासी नेपाली समुदाय र जापानी नागरिकहरुको पहिचान उल्लेख गरिने भएको छ ।

संकलित कुल रकमको पठाउन बाँकी रहेको रकम कुन शीर्षकमा खर्च गर्ने भनि निर्णयमा पुग्न नसकिएको कारण रकम पठाउन बिलम्ब भएको सो समितिले जनाएको छ । समितिले रकम संकलनमा सहयोग एवं सहकार्य गर्ने नेपाली समुदाय र जापानी नागरिकहरुमा धन्यबाद पनि ब्यक्त गरेको छ ।***

तपाईको प्रतिक्रिया