Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

kqsf/ ;Dd]ng Pdfn]sf ;lrj Pjd kf6L{sf k|jQmf of]u]; e§/fO{ k|]; rf}tf/L g]kfnn] z'qmaf/ jL/uGhdf cof]hgf u/]sf] kqsf/ ;Dd]ngdf dGtJo JoQm ub}{ . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;

पर्सा – नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण उहाँबिरुद्ध महाभियोग प्रस्ताव ल्याएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सात दशकको लामो सङ्घर्ष र हजारौँ नेपालीको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई असफल बनाएर आफैँ प्रधानमन्त्री हुने लोकमानसिंह कार्कीको सपनालाई एमालेले ल्याएको महाअभियोग प्रस्तावले तुहाएको दाबी गर्नुभयो । एमाले पार्टी प्रवक्ता समेत रहनुभएका भट्टराईले संविधान संशोधन र लोकमान प्रकरण छुट्टाछुट्टै विषय भएकाले दुबै मुद्दालाई नमिसाउन (माओवादी केन्द्र) र काँग्रेसलाई आग्रह गर्नुभयो ।
उहाँले (एमाले)को सहयोग/सर्मथन बिना संंविधान संशोधन सम्भवनै नभएको र संविधान संशोधनबारे माओवादी केन्द्र वा काँग्रेसले एमालेसँग औपचारिक तथा अनौपचारिक रुपमा कुनै कुरा नै नगरेको आरोप लगाउनुभयो । संविधान संशोधनको विषयमा एमाले पार्टी मधेसवादी दलसँग छलफल गर्न तयार रहेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया