Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन आज भारततर्फ प्रस्थान गर्नुभयो । सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जानुहुने कार्यक्रम छ । Sherbahadur-Deuba_1 copy

फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेस आईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्नुुहुनेछ ।

नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिनुहुने बताईएको छ । सभापति देउवाका साथ उहाँकी धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी हुनुहुन्छ ।

सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कनु हुनेछ ।

तपाईको प्रतिक्रिया