Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – संसदीय सुनुवाई विशेष समितिले पदम वैदिकलाई सर्वसम्मतले अनुमोदन गरेसँगै न्यायपरिषदले पूर्णता पाएको छ । बिहीबार बसेको समितिको बैठकले प्रधानमन्त्रीको सिफारिसमा परिषद सदस्यमा सिफासिर भएको वैदिकको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।
यसअघि नेपाल बारले सिफारिस गरेका रामप्रसाद सिटौलाको नाममा पनि समितिले अनुमोदन गरिसकेको छ । प्रधानन्यायाधीश अध्यक्ष रहने न्यायपरिषदमा वरिष्ठतम् न्यायाधीश, नेपाल बारले सिफारिस गरेका एक जना सदस्य, प्रधानमन्त्रीले सिफारिस गरेका एकजना र कानुनमन्त्री सदस्य रहने प्रावधान रहेको छ। बिहीबार बसेको समितिले वैदिकको नाम अनुमोदन गरेसँगै न्यायपरिषदले पूर्णता पाएको हो।

तपाईको प्रतिक्रिया