Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

ef/tsf /fi6«klt kz'kltgfydf g]kfnsf] /fhsLo e|d0fdf /xg'ePsf ef/tsf /fi6«klt k|0fj d'vhL{ cf/fWob]j kz'kltgfysf] laxLaf/ ljz]if k"hfcr{gf ug{'x'Fb} . /fi6«klt d'vhL{n] dlGb/ kl/;/df cjl:yt af;'sL dlGb/sf ;fy} u0f]z, ;"o{, gf/fo0f, e}/j, gju|xnufot cGo b]jLb]jtfsf] klg k"hfcr{gf ug'{eof] . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं – भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनःनिर्माणमा सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ ।

पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ – “पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान श्रद्धाको केन्द्र हो ।” नेपालको राजकीय भ्रमणको दोस्रो दिन आज बिहान पशुपतिनाथको दर्शनार्थ पुग्नुभएका राष्ट्रपति मुखर्जीले मन्दिरमा पुनः आउन पाएकामा आफू प्रसन्न रहेको उल्लेख गर्नुभयो । “पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान हो” आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ ।

>4fsf] s]Gb| cf/fWob]j kz'kltgfysf] ljz]if k"hfcr{gfkl5 laxLaf/ ToxfF /flvPsf] cfuGt's k'l:tsfdf ef/tsf /fi6«klt k|0fj d'vhL{åf/f JoQm pbuf/ . tl:a/ M gf/fo0f Gof}kfg], /f;;

पुरातात्विक महत्वको पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न पाउँदा आनन्दको अनुभूति गरेको राष्ट्रपति मुखर्जीले पुस्तिकामा उल्लेख गर्नुभएको छ । “नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुसी लागेको छ, यो योजनाको अहिले कार्यान्वयन भइरहेको छ”– उहाँको मन्तव्यमा उल्लेख छ । अद्वितीय पशुपतिनाथ क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सफलताको कामना पनि उहाँले गर्नुभएको छ । सात वर्षअघि आएका बेलामा भन्दा अहिले बागमती नदी सफा भएकामा राष्ट्रपति मुखर्जीले खुसी व्यक्त गर्नुभयो ।

पशुपति परिसरमा पुग्नुभएका राष्ट्रपति मुखर्जीलाई दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै नेपाल वेद विद्याश्रमका ब्राह्मण वटुकले वैदिक मन्त्रोच्चारणले स्वागत गरेको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो । “राष्ट्रपति मुखर्जीले विशेष पूजापछि भूकम्पले पशुपति प्राङ्गणमा के कति क्षति पु¥यायो भनी जिज्ञासा राख्नुभयो, आर्यघाट क्षेत्रको संरक्षण सम्बद्र्धनमा पनि उहाँले विशेष रुचि देखाउनुभएको छ” – उहाँले भन्नुभयो ।

राष्ट्रपति मुखर्जीले सबै मठमन्दिरमा खाममा राखेर दक्षिणा चढाउनुभएको थियो । कोषका तर्फबाट राष्ट्रपति मुखर्जीलाई काठले बनेको नृत्यनाथ, नटराज एवम् अन्य देवीदेवताका तीन फिट अग्लो मन्दिर उपहारस्वरुप प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया