Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा आयोजना गरिएको राजकीय (विशेष रात्रि) भोजका अवसरमा आज साँझ राष्ट्रपति भण्डारीले स्वागत सम्बोधन गर्दै भन्नुभयो, “आपसी हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न तपाईंको यो भ्रमण फलदायी हुने हामीलाई विश्वास छ ।”

उहाँले नेपाली जनता राष्ट्रपति मुखर्जीलाई असल मित्र र राष्ट्रको सेवामा पाँच दशकदेखि समर्पित दक्षिण एसियाकै वरिष्ठ राजनेताका रुपमा उच्च सम्मान गर्दछन् भन्नुभयो । “सौहार्द्रता, सद्भावना, समानता र पारस्परिक सम्मानका आधारमा नेपाल र भारतबीच युगौँ पुरानो सम्बन्ध विद्यमान छ । यो निकटता बलियो सामाजिक सांस्कृतिक सूत्र र जनस्तरको सम्बन्धबाट परिपोषित छ”–राष्ट्रपति भण्डारीले भन्नुभयो ।

उहाँले नेपालको विकास अभियानमा भारतले पुर्याएको सहयोगको सराहना गर्दै विगत सात दशकमा भारतले अनेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको परिप्रेक्ष्यमा द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्न हामी इच्छुक छौँ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले अठार महिना अगाडि गएको विनाशकारी भूकम्पपश्चात राहत र खोजी कार्य तथा पुनर्निर्माणका लागि प्राप्त सहयोगका निमित्त भारत सरकार तथा जनताप्रति धन्यवाद व्यक्त गर्नुभयो । “गतवर्ष जारी भएको संविधानको उद्देश्य हालैका वर्षमा हामीले हासिल गरेका लोकतान्त्रिक उपलब्धिको रक्षा र सुदृढीकरण गर्नु हो । अबको हाम्रो राष्ट्रिय प्राथमिकतामा मुलुकको समृद्धि प्राप्तिका लागि संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, सामाजिक आर्थिक रुपान्तरणमा जोड दिनु रहेको छ”–उहाँले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले मानव र भौतिक स्रोतको प्रचुरताका बाबजुद विश्वका गरिब जनताको सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियामा रहनु बिडम्बनाको विषय हो भन्नुभयो । “यस क्षेत्रको प्रमुख आवश्यकता गरिबी निवारण भएकाले शान्ति, स्थायित्व र विकास, उपलब्ध साधन, स्रोतको सदुपयोग र रोजगारीका अवसर सिर्जनालाई प्राथमिकता दिइनु पर्दछ । राष्ट्रहरुबीच आपसी समझदारी र विश्वासको वातावरण सिर्जना गर्नसके यस क्षेत्रको दु्रततर विकासमा ठोस योगदान पुग्नेछ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया