Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

pranab-mukherjee

काठमाडौं – भारतका राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुग्नु भएको छ ।
भारतीय वायु सेनाको विशेष विमानबाट राष्ट्रपति मुखर्जी काठमाडौंमा आइपुग्नु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमै पुगेर भारतीय समकक्षीको स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीहरुलगायत सरकारी उच्च अधिकारीहरुले पनि भारतीय राष्ट्रपतिको स्वागत गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न भारतीय राष्ट्रपति मुखर्जी शितल निवास जाँदै हुनुहुन्छ । उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले आज साँझ रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय समकक्षी मुखर्जी नेपाल आउनु भएको हो । उहाँको सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ गते नेपालको भ्रमण गर्नु भएको थियो ।
भारतीय राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नु हुनेछ भने भोलि नै उहाँलाई काठमाडौं विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्नेछ ।

तपाईको प्रतिक्रिया