Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

airport-tia

काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १ घण्टा बन्द हुने भएको छ ।
मुखर्जीको सुरक्षामा ध्यान दिएर उहाँ आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोकिने छ । मध्यान्ह १२ बजेर १० बजेदेखि १ बजेसम्म विमानस्थल पुरै बन्द हुने त्रिभुवन विमानस्थल श्रोतले जानकारी दियो । मुखर्जी दिउँसो साढे १२ बजे काठमाडौं अवतरण गर्ने बताइएको छ । उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफै त्रिभुवन विमानस्थल जानु हुनेछ ।
विमानस्थलले नोटिस फर एयरमेन ९नोटाम० जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गर्दछ । भारतीय राष्ट्रपति मुखर्जी आउनुभन्दा २० मिनेट अघिदेखि नै बन्द हुने त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने छ । त्रिभुवन विमानस्थलले ‘नोटाम’ अवधी थपिनसक्ने समेत बताएको छ ।
विमानस्थल बन्द हुने भएपछि नियमित उडानहरु तालिकाहरु परिवर्तन हुनेछन् । आन्तरिक तथा वाह्य सबै उडान र अवतरणमा ढिलाइ हुनेछ ।

तपाईको प्रतिक्रिया