Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो-बेजिला फिल्मस् एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘डू यू लभ मी ?’ टोकियोमा प्रदर्शन हुने भएको छ । यही ६ तारिक आइतवार टोकियो सिनअोकुबोस्थित वाराकाडे रेष्टुरेन्टमा दिनको ४ बजेबाट प्रदर्शन हुँदैछ ।
त्रिकोणात्मक प्रेम कथामा अाधारित चलचित्र ‘डु यू लभ मी’को निर्माण सुदिप रानाले गरेका छन् भने निर्देशन तथा लेखन सञ्जय काउछाको रहेको छ ।
चलचित्रको मूख्य भूमिकामा म्यूजिक भिडियोका मोडल लक्ष्मण पुनले गरेका छन् । त्यसो त नायिकाको रूपमा मिस मंगोल २०१२ का विजेता सपना रोका मगरले यस चलचित्रबाट डेब्यू गरेकी छिन् ।
चलचित्रमा राजेन्द्र खड्कीको द्वन्द, कविराज गहतराजको नृत्य, शेरवहादुर लामा र पुरूषोत्तम प्रधानको छायांकन रहेको छ ।

६ तारिक विभिन्न पेशा तथा व्यवसायमा अावद्ध जापानका नेपालीहरूलाई चलचित्र हेर्न उपस्थितिको लागि अामन्त्रण गरिएको छ ।
प्रवेश शुल्क १ हजार येन रहेको छ ।***
do-you-love-me-photo

तपाईको प्रतिक्रिया