Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काबुल – अफगानिस्तानमा गएको २४ घन्टामा सरकारी सेना र प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको समाचार छ ।

सेना र प्रहरीले यहाँको विभिन्न क्षेत्रमा संयुक्त रुपमा गरेको कारबाहीमा ती तालिवान मारिएका हुन् । अफगानिस्तानका कुन्दुज, लाघमान, फराह, बाघ्लानलगायतका स्थानमा उक्त कारबाही गरिएको थियो ।

अफगानिस्तानको गृहमन्त्रालयले दिएको जानकारी अनुसार सोमबार विहानबाट मङ्गलबार विहानसम्म भएको यस कारबाहीका क्रममा ती तालिवान मारिएका हुन् ।

अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो समयमा संयुक्त सेनाले सफाई अभियान सञ्चालन गरेको छ । सो अभियानमा परी केही महिनायतादेखि सयौं जना तालिवान मारिएका छन् ।

तपाईको प्रतिक्रिया