Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सङ्खुवासभा – सङ्खुवासभा माविनगरपालिका–४ मूलखर्क बजारमा गएराति १ः४५ बजे विद्युत चुहावट भई आगलागी हुँदा सात घर जलेर नष्ट भएको छ ।
आगलागी मध्यरातिको समयमा भएको हुँदा घरहरू पूर्णरूपमा क्षति भएको हो । घरबिहीन हुनेहरूमा नरेन्द्र गुरुङ, भूवन जिमी, मोहनमणि दाहाल, गोपाल जिमी, सुरेश जिमी, बलबहाुदर जिमी, र रामबहादुर जिमीको घर जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतिको पूर्ण विवरण भने यकिन भइनसकेको स्थानीय वासिन्दाले बताएका छन् ।
यसैबीच, रसुवामा आज भएको आगलागीबाट धुन्चे गाविस¬–४ भिमली गाउँमा दुई घर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा जडान भएको बिजुलीको तार सर्ट हुँदा उत्पन्न आगाको झिल्काले स्थानीयवासी आइतराम तामाङ र मसिनु तामाङका घर पूर्ण रुपले नष्ट भएको हो ।
आगलागीबाट करिब रु १५ लाखको क्षति भएको बताइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना, नारायणदल गणका गणपति प्रमुख सेनानी विक्रम गुरुङको नेतृत्वमा गएको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मका संयुक्त सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको र कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
भूकम्पपछि बनाइएका दुई घर, रु छ लाख, सुन चाँदी, भाँडाकुँडा, लत्ताकपडा समेत आगोले नष्ट बनाएको बताइएको छ ।

तपाईको प्रतिक्रिया