Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

कलैया – पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा आज बिहान भएको सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वा १ त ७७७७ नंको मोटरसाइकलमा सवार भएर वीरगन्जतर्फ जाँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ना १ त ६०३८ नंको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान बस्नेतको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया