Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

सुनसरी –  सुनसरीको तरहरास्थित भोजपुरे लजमा हतियारधारी समूहले गोली चलाउँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा धनकुटाका तोरन पौडेल र लज संचालक जंग राई छन् ।

आज बिहान चार जनाको समूहमा आएकाहरुले उनीहरुमाथि आक्रमण गरेका हुन् । लजमा सुतिरहेका पौडेलमाथि कोठामै गोली हानिएको थियो भने उनलाई बचाउन गएका राईमाथि पनि गोली हानिएको प्रहरीले जनाएको छ । गोली हानेर चारैजना भागेका छन् । उनीहरुको पहिचान हुन नसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते दुबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइते दुबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया