Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

2टोकियो – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालको ब्युरोक्र्यासी संयन्त्रमा आमुल सुधारको आवश्यक रहेको बताउनुभएको छ । उहाँले नेपालको कर्मचारी संयन्त्रमा ब्याप्त ढिलासुस्ती, भोलिबाद र खुशामदबादले जनताको कार्यसम्पादनमा बाधा पुगिरहेकोले यसको आमुल सुधार हुन आवश्यक रहेको बिचार ब्यक्त गर्नुभयो ।

टोकियोमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले अख्तियार दुरुपयोग निवारण आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अब छिट्टै बिधि पुर्‍याएर बिदाई गरिने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो – मुलुकमा सुशासन कायम हुने अपेक्षाका साथ नियुक्त गरिएका प्रमुख आयुक्त कार्कीले संबिधानको मर्म र भावना बिपरित गई कर्मचारी, ब्यवसायी, उद्योगी, चिकित्सक र राजनीतिज्ञहरुलाई बिना कारण आतंकित बनाएकोले महाभियोगको प्रस्ताव ल्याउनुपरेको हो । यदि उनले छिट्टै राजीनामा दिएनन् भने बहुमतले प्रस्ताव पारित गराएरै लोकमानलाई बाई बाई गरिने छ।’

नेता खनालले संबिधानका बिषयमा बेलैमा बुझाउन नसक्दा असन्तुष्ट बन्न पुगेको छिमेकी राष्ट्र भारतले नाकाबन्दी लगाउँदा नेपालले ठूलो क्षती ब्यहोर्नुपरेको स्मरण गर्दै अब चीनसंग पनि पारबहन सन्धी भईसकेकोले अब नाकाबन्दीको दुस्साहस कतैबाट नहुने ठोकुवा गर्नुभयो ।

उहाँले नेपाल संभावना नै संभावनाको मुलुक भएकोले कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा लगानी गर्न जापानबासी नेपालीहरुलाई अपील गर्नुभयो ।

नेकपा एमालेको भ्रात्तृसंगठन प्रवासी नेपाली मञ्चले शनिवार टोकियोमा आयोजना गरेको खुल्ला अन्तर्क्रिया कार्यक्रममा नेता खनालले उक्त बिचार ब्यक्त गर्नुभएको हो ।***

तपाईको प्रतिक्रिया