Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

naya-shakti-flag

काठमाडौं – नयाँशक्ति नेपालले संविधान संशोधनमार्फत संविधाको स्वीकार्यता विस्तार गर्ने क्रममा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति कायम गर्नुपर्नेमा जोड दिएको छ ।
जनतामा देखिएको राजनीतिक अन्यौलता चिर्दै संविधानको सफल कार्यान्वयनको दौरानमा स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक समावेशी प्रावधानका लागि पूर्ण समानुपातिक संसद्को प्रावधान पनि समावेश गराउन पुनःस्मरण गराएको हो । शुभदिपावली, छठ र नेपाल संवत् ११३७ का अवसरमा पार्टी प्रवक्ता खिमलाल देवकोटाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाली समाजका बाधा व्यवधान पार गर्दै सम्पूर्ण नेपालीकोे खुसियालीका निम्ति र नेपाली समाजको समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ ।
यसैबीच नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपाल संवत् ११३७ नयाँ वर्ष प्रारम्भ भएको सुखद अवसरमा शुभकामना दिनुभएको छ ।
अध्यक्ष वैद्यले आज शुभकामना सन्देश जारी गर्दै देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा नयाँ वर्षको शुभकामना दिनुभएको हो ।

तपाईको प्रतिक्रिया