Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

ललितपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

न्हुदँ समारोह समितिद्वारा नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताउनुभयो । खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उहाँको जोड रहेको थियो ।

उहाँले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याउनुभयो । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया