Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – साउदी अरेबियाको पश्चिमी शहर जेद्दामा भएको एक अन्तर्राष्ट्रिय फुटबल खेलमा बम विस्फोट गराउने प्रयास भएको छ । तर विस्फोट गराउने प्रयास असफल पारेको साउदी अरबका अधिकारीले बताएका छन् ।

विश्व कप २०१८ को छनौट अन्तर्गत साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स युएईबिच अक्टोबरमा भएको खेलको क्रममा लडाकुले रंगशालमा कार बम फिट गरेका थिए । यस्तै रियादमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका लडाकुले बनाएको बम विस्फोटको अर्को योजना पनि असफल पारेको सरकारी अधिकारीले जनाएका छन् । यस क्रममा ८ जना पक्राउ परेका छन् ।

त्यसमा चारजना साउदी अरेबियाका तथा दुईजना पाकिस्तानी, एकजना सिरियाली तथा एकजना सुडानका नागरिक छन् । आइएसका लडाकुले गएको दुई वर्षदेखि साउदी अरेबियामा आक्रमणको प्रयास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया