Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत रणजित रायले आगामी बुधबारबाट हुने भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ्ग ल्याउने बताउनुभएको छ ।

आइतबार रिपोटर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा देउसीभैलो खेल्न पुगेको सञ्चारकर्मीको टोलीसँगको कुराकानीमा राजदूत रायले भन्नुभयो, ‘उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ भरिन्छ, यसका साथै दोस्ती प्रगाढ बन्छ।’ उहाँले भारतीय राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई दुवै पक्षले उत्तिकै महत्व दिएको समेत बताउनुभयो ।

राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुवैतर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमण भइरहेको भन्दै १८ वर्षपछि हुन गइरहेको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले द्विपक्षीय सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझै मजबुत बनाउने विश्वास बताउनुभयो ।

तपाईको प्रतिक्रिया