Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेलाा सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले भारतीय राष्ट्रपतिको भ्रमण अवधिमा अन्य सवारीसाधनको आवागमन ठप्प हुनसक्ने भय जनमानसमा देखिएको भन्दै त्यो गलत भएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो – ‘भारतीय राष्ट्रपतिको सवारी हुने बेलामा मात्रै त्यस रुटमा केही समयका लागि अन्य सवारी रोकिन्छ । सवारी सकिएपछि तत्कालै उक्त रुटमा सवारी खुला हुन्छ । ’ सवारी नभएको अन्य रुटमा भ्रमणको क्रममा सवारी आवागमन नरोकिने उहाँले स्पष्ट पार्नुभयो । सवारी भएको रुटमा वैकल्पिक रुटको प्रयोग गर्न समेत प्रहरीले जनसाधारणसँग आग्रह गरेको छ । सवारीका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त नहोस् भन्ने हेतुले ट्राफिक प्रहरीको परिचालनलाई चुस्तदुरुस्त बनाइएको प्रवक्ता ठकुरीको भनाइ छ ।
भ्रमण अवधिभर ट्राफिक प्रहरीले सञ्चालन गरेको ९५ दशमलव ६ मेगाहर्जको एफएमबाट १५/१५ मिनेटमा सवारी ‘अपडेट’ दिइने र सोही अनुरुप यात्रा तय गर्न सबैसँग उहाँले आग्रह गर्नुभयो । त्यस्तै, १०३ मा डायल गरेर सवारी चापको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था पनि गरिएको छ ।

तपाईको प्रतिक्रिया