Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – राष्ट्रपति विद्या भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा उहाँलाई स्वागत गर्न आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति मार्फत मुखर्जीको नेपाल भ्रमणको कार्यक्रम सार्वजनिक गरेको छ । bidhya

राष्ट्रपति भण्डारीको निम्तोमा भारतीय राष्ट्रपति मुखर्जी तीन दिने नेपाल भ्रमणका क्रममा यहि कात्तिक १७ गते नेपाल आउदै हुनुहुन्छ । मन्त्रालयका अनुसार मुखर्जीलाई विमानस्थलमा राष्ट्रपति भण्डारी स्वंयमले स्वागत गर्नुहुनेछ र, मुखर्जीको नेपाल भ्रमणको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । भारतीय राष्ट्रपति मुखर्जीले त्यही दिन शीतल निवासमा नेपाली समकक्षी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

उहाँले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलाई भट्नुहुनेछ भने प्रधानमन्त्रीले भारतीय राष्ट्रपतिको सम्मानमा डिनर राख्नुभएको छ । बिहीबार विहान भारतीय राष्ट्रपति मुखर्जीले पशुपतिको दर्शन गर्नुहुनेछ । त्यसपछि उहाँ काठमाडौं विश्व विद्यालयको कार्यक्रममा सहभागी हुनेछन् हुनुहुनेछ भने उहाँलाई काठमाडौंमा सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

तपाईको प्रतिक्रिया