Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्नुको विकल्प नभएकाले सबै दल चाँडो सहमतिमा पुग्नु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले शनिबार राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममासभापति देउवाले संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति जुट्ने विश्वास पनि व्यक्त गर्नुभयो । संविधान कार्यान्वयन गर्नुको विकल्प नभएकाले सबै दल चाँडो सहमतिमा पुग्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

राजनीतिक संकट समाधानका लागि नेपाली काँग्रेसले नेतृत्व लिने भन्दै सभापति देउवाले सानातिना विषयमा अल्झिएर समय खेर फाल्न नहुने पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया