Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न आफूले पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्री दाहाल सभासद् निर्वाचित हुनुभएको सिरहा क्षेत्र– ५ को एक प्रतिनिधि मण्डलको आज ज्ञापनपत्र बुझ्दै सिरहाको विकासमा आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

उहाँले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजना अघि सारेको बताउँदै सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माणमा पहल गर्ने बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रतिनिधिमण्डलसँग पूर्व – पश्चिम राजमार्गमा अत्याधुनिक सुविधासहित ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।

पूर्वमन्त्री विश्वनाथ साह, क्याप्टेन देवकुमार लामाको प्रतिनिधि मण्डलले सिरहाको खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस निर्माणमा पहल गर्न आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया