Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

भक्तपुर – मोटरसाइकल ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका छन् ।
तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज प्रहरी वृत्त थिमिको घेराउ गरेका छन् । उनीहरुले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृतमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् । घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेका छन् ।
ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडीको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ । तोडफोडबाट करिब रु। एक लाख ५० हजारको क्षति भएको अनुमान प्रहरीको छ । तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया