Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

vukampa

धादिङ – कात्तिक महिना सुरु भएसँगै ग्रामीण क्षेत्रमा धान काट्ने र थन्काउने माचो परेको छ तर गुम्दीका पूर्णसिंह तामाङ भने धान काट्न छाडेर तीन घन्टा टाढा डकर्मी तालिम लिनमा व्यस्त छन् ।
गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले गाउँ नै सखाप पारेको गुम्दीका तामाङ भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम लिन फूलखर्क आएका हुन् । तामाङ गाउँघरमा युवा नभएकाले आफ्नो घर आफैँले बनाउन सकिन्छ कि भन्ने उद्देश्यले तालिम लिन आएको बताउँछन् । उनी भन्छन्, “घरमा धान काट्ने खेताला खोजेर डकर्मी तालिम लिन आएको हुँ ।” भूकम्प गएको १८ महिनासम्म घर नबनाई छाप्रामा बसेका धादिङका मानिस अहिले भूकम्प प्रतिरोधी घर निर्माणको तालिम लिन व्यस्त छन् ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको सहयोगमा धादिङका २० गाउँ विकास समितिमा हुने कार्यक्रम चार चरणमा १० दिनका दरले सञ्चालन गरिँदैछ । बसेरी गाविसका मिस्टर ढकाल भूकम्प अगाडि यस्तो तालिम पाएको भए यति ठूलो क्षति नहुने बताउँछन् र ढिलै भए पनि धेरै कुरा सिक्न पाएकामा सन्तोष मान्छन् । उनी भन्छन्, “तालिमले जग खन्दा कति मिटर खन्ने, कत्रो गारो लगाउने, कति फिटमा झ्याल राख्ने भन्ने कुरा तालिमबाट सिकेका छौँ ।”
केन्द्रले जापानको गैरसरकारी संस्था आम्दा–माइन्डको सहयोगमा धादिङको फूलखर्क, मूलपानी, गुम्दी, री, सल्यानटार, त्रिपुरेश्वर, आगिञ्चोक, बसेरी, सल्यानकोट, बुढाथोक, सेर्तुङ, लापा, तिलिङ, झार्लाङ, दार्खा, सतीदेवी, धुवाकोट, कटुञ्जे, सेमजोङ र मापार्कका जनतालाई तालिम दिएको हो । केन्द्रका कोषाध्यक्ष सीताराम केसी दुःखी जनताको घाउमा मल्हम लगाउन केन्द्रले देशका विभिन्न भागका भूकम्पपीडित जनतालाई तालिम तथा सहयोग गर्दै आएको बताउँछन् । उनी भन्छन्, “केन्द्रले विभिन्न संस्थासँग सहकार्य गरेर पुनःनिर्माणमा सघाइआएको छ ।”
केन्द्रले धादिङका २० गाविसमा ४५ जनाका दरले ९०० जनालाई तालिम दिएको हो । सरकारले भूकम्प प्रतिरोधी घर निर्माणका लागि रु ५० हजार उपलब्ध गराएपछि उनीहरु घर निर्माणमा लागेका हुन् । आम्दा–माइन्डका कार्यक्रम व्यवस्थापक खाइको ओकुदाले आफ्नो संस्थाले स्वास्थ्य क्षेत्रको विकासका लागि काम गरे पनि गत वैशाखमा भूकम्प गएपछि पुनःनिर्माणको क्षेत्रमा काम गरेको बताए । उनले भने, “नेपाली जनताको पुनःनिर्माणमा विशिष्ट क्षमता रहेको पाएँ । म यसलाई निरन्तरता दिन आग्रह गर्दछु ।”
छ वर्षदेखि नेपालमा काम गर्दे आइरहेको माइन्डले काभ्रेपलाञ्चोकको खार्पाचोक, वालिङ र सिपालीमा पुनःनिर्माणका साथै रुपन्देहीमा ५१ शय्याको सिद्धार्थ महिला तथा बालबालिका अस्पताल निर्माण गरेर सेवा गर्दै आइरहेको छ । तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्न पुग्नुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले जापानी संस्थाले नेपालको पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सिकेका सिपलाई देशको जुनसुकै क्षेत्रको निर्माणको कार्यमा प्रयोग गर्न सक्नुहुन्छ ।”

तपाईको प्रतिक्रिया