Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विशिष्ट राजनीतिक अवस्थामा संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नुवाकोट–काठमाडौँ पत्रकार समाजले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुख्य तीन राजनीतिक दलको सहमतिका आधारमा निर्वाचनका प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राख्नु भयो ।

नेपाली काँग्रेसका नेता समेत रहनुभएका डा महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया