Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

दमौली – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव गर्न नसके तत्काल पद छाड्नुपर्ने बताउनुभएको छ ।

एमाले व्यास नगर कमिटीद्वारा दसैँतिहार र छठका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा नेता भट्टराईले भन्नुभयो, ‘कि चुनाव गर कि पद छाड ।’ सचिव भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई तत्काल राजीनामा दिन सुझाव समेत दिनुभयो ।

कार्कीले ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै साना माछा अर्थात् साना कर्मचारीलाई मात्रै कारबाही गर्ने गरेको आरोप पनि लगाउनुभयो ।

तपाईको प्रतिक्रिया