Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

sanjaya-neupaneकाठमाडौं – कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपाने मस्तिष्क स्नायु प्रणालीसम्बन्धी रोगको उपचारका लागि भारतको हरियाणास्थित मेदान्त अस्पतालमा भर्ना भएका छन् ।

‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’का नामले चिनिने स्नायु प्रणालीको रोगले सताएपछि न्यौपानेले एक वर्षदेखि मेदान्तमा उपचार गराउँदै आएका छन् ।

लामो उपचारपछि घर फर्किएका आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका न्यौपानेको स्वास्थ्यमा फेरि समस्या आएएपछि अस्पताल भर्ना गरिएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

लामो उपचारपछि घर फर्केका न्यौपानेको स्वास्थ्यमा सुधार भइरहेका बेला दसैंको टीकाका दिन उनी फेरि बिरामी परेका थिए ।

पारिवारिक स्रोतका अनुसार दसैंको टीकाका दिन घरैमा बेहोस भएपछि मेदान्तमा भर्ना गरिएको हो । पहिलो चरणको उपचार पुरा गरेर घर फर्किएका उनको स्वास्थ्यमा पुन: समस्या देखिएको हो । तर उनको अवस्था खतरामुक्त भने रहेको छ ।

निरन्तर उपचारको आवश्यकता भएकाले न्यौपानेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।

यसैबीच न्यौपानेको उपचारका लागि सहयोग गर्न नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले अपिल गरेको छ । सेजनले यसअघिको उपचारमा राज्य र सहयोगीहरुबाट पाएको सहयोगको प्रशं‌सा गर्दै थप सहयोग गर्ने फेरि अपिल गरेको हो ।

‘नेपाल आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्षसहित सृजनशील पत्रकारको चिनारी बनाएका वरिष्ठ पत्रकार न्यौपानेको थप उपचार एवम् मेडिकल परीक्षणमा आर्थिक सहायता जरुरी रहेकाले शुभेच्छुकजनबाट समाजको तर्फबाट खोलिएको बैंक खातामा रकम सहयोग प्रदान गरिदिन सविनय अनुरोध छ’, सेजनले भनेको छ । फोटो सौजन्य : कारोवार दैनिक

पत्रकार न्यौपानेको सहयोगका लागि खाता विवरण
नेपाल बंगालादेश बैंक,
खाता नम्बर: १५७०४१ पी,
बिजुलीबजार, काठमाडौं
नेपाल आर्थिक पत्रकार समाज

तपाईको प्रतिक्रिया