Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

विराटनगर – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले समाजको प्रगतिमा दिनुभएका महत्वपूर्ण योगदान राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको बताउनुभएको छ ।

मनमोहन स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ज्येष्ठ नागरिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सिङ्गो राष्ट्रको प्रतिमूर्तिका रुपमा ज्येष्ठ नागरिकको असल अनुभवलाई समाजको विकासमा ऊर्जाका रुपमा सदुपयोग गर्न सुझाव दिनुभयो । भण्डारीले भन्नुभयो,‘ तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा सुरु भएको वृद्धभत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम हो, यसको माध्यमबाट ज्येष्ठ नागरिकमा सकारात्मक परिवर्तन ल्याउनाका साथै जीवनयापनमा समेत सहयोग पुर्‍याएको छ ।’ 1477134115258_ay_rajbiraj_161022_12

ज्येष्ठ नागरिकका लागि सवारी साधन मैत्रीपूर्ण हुनुपर्ने तथा मनोरञ्जनस्थल, वृद्धवृद्धा उद्यानका साथै सहज ढङ्गले जीवन व्यतीत गर्ने खालको संरचनाको निर्माण गर्नुपर्ने र तीर्थाटनको समेत व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिकप्रति सद्भाव बढाउने खालका विषयवस्तु शैक्षिक पाठ्यक्रममा समावेश गरेमा सभ्यसमाजको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा उहाँले १०० वर्षभन्दा बढी उमेर पुगेका २२ नागरिकलाई सम्मान गर्नुभयो ।

सम्मानित हुनेमा मोरङ, रङगेली– ८ की एक सय १६ वर्षीया दुखनीदेवी सरदार, सुन्दरदुलारी–१का एक सय १० वर्षीया तिलोत्तमा पोखरेल र एक सय आठ वर्षीया महेश्वरा अधिकारी छन् । त्यस्तै एक सय आठ वर्षीय कृतिराज गिरी र नन्दकुमारी अधिकारी लगायत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया