Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोल लगाउन लामो समय देखि आन्दोलनरत सोलिडारीटी फर डा. गोविन्द केसी अलाइन्सका अभियन्ताहरुले आज संसद भवन अघि सांकेतिक बिरोध प्रदर्शन गरेका छन् ।22102016021919ptotest_against_lokman_10-1000x0

उनीहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्धसंसदमा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाई मतले पारित गर्न सांसद र दलहरुलाई दबाब दिन भन्दै प्रदर्शन सहित बानेश्वस्थित संसद भवन अघि पुगेको टोलीले लुटतन्त्र लेखिएको घैंटो फुटाए । कार्कीले लामो समयदेखि लुटतन्त्र मच्चाएको भन्दै उनीहरुले लामो समयदेखि विरोध गर्दै आएका थिए ।lokman-ko-ghaiti-futyo-1

माइतीघरबाट बानेश्वर सम्म गरेको प्रदर्शनका क्रममा उनीहरुले ‘घाम हँसियाले खोले मुख, अझै चुप हरियो रुख, बनौं सबै होशियार विदेशीका मतियार, लुटतन्त्र कहिलेसम्म लोकमान जहिले सम्म, नेपाली अब जाग्ने छन् भ्रष्टाचारी भाग्ने छन् लगायतका नारा समेत लगाएका थिए ।

तपाईको प्रतिक्रिया