Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा आफ्नो समर्थन रहेको बताउनुभएको छ । Baburam

गृह जिल्ला गोरखा पुग्नुभएका भट्टराईले संसदले बोलाएको बेलामा नजाने तथा कानुन विपरित अघि बढ्ने गरेकाले कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा आफ्नो समर्थन रहेको बताउनुभएको हो । कार्कीलाई असनको साँढेको संज्ञा दिँदै संसदीय सुनुवाईमा नजाने र कानुन विपरित काम गरेकामा महाअभियोग लगाउनै पर्नेमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहअनुभएका भट्टराईले कार्कीलाई देखाएर अरु भ्रष्टाचारी जोखिन खोजेकाले सचेत हुन पनि सबैलाई आग्रह गर्नुभयो । सरकारले भूकम्प प्रभावितलाई कुनै सर्त बिना नै पाँच लाख रुपैयाँ अनुदान दिनुपर्ने उहाँले माग पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया