Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

सप्तरी – सप्तरीको खोजपुर–८ मा शुक्रबार बेलुका करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । स्थानीय छनजिराम ठाकुरकी १३ वर्षकी छोरी रेखाकुमारी ठाकुर रहेको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बालिकालाई घरमा लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया