Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – स्वदेशमा नै ग्यास उत्खननका लागि पहिलो पटक नमूना परीक्षण हुन लागेको छ । खानी तथा भूगर्भ विभागले शुक्रबार ललितपुरको इमाडोलमा मिथेन ग्यासको नमूना परीक्षण गर्न लागेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट, थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसको सहयोगमा पहिलो पटक सुरक्षित तरिकाले ग्यासको नमूना परीक्षण गर्न लागिएको विभागले जनाएको छ ।

विभागका ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार स्वदेशमा नै बनेको उपकरणले प्राकृतिक ग्यासको नमूना परीक्षण गर्न लागिएको हो । नमूना परीक्षणको दिउँसो उद्योगमन्त्री नविन्द्रराज जोशीले निरिक्षण एंव अवलोकन गर्नु हुनेछ ।

विभिन्न अध्ययनबाट इमाडोलसँगै काठमाडौं उपत्यकाका १४ ठाउँमा ग्यास उत्पादन गर्न सकिने निष्कर्ष निकालेको उहाँले जानकारी दिनुभयो । इमाडोलको परीक्षण सफल भए अरु ठाउँमा पनि नमूना परीक्षण गरी उत्खनन् गरिने छ । उत्खनन् गरिएको ग्यास भण्डारण गरी पहिलो चरणमा सरकारी कार्यालयमा प्रयोगमा ल्याउने तयारी छ ।

तपाईको प्रतिक्रिया