Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं– नेपाल शिक्षक महासंघले आन्दोलनरत अस्थायी शिक्षकको समस्या समाधानका लागि वार्ता गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष केशव निरौला र महासचिव तिलक कुँवरले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा वार्ता र संवादबाट समस्याको समाधान गर्न शिक्षा मन्त्रालयसँग माग गरिएको हो ।

आफूहरुलाई सीमित प्रतियोगिताबाट स्थायी गरिनुपर्ने वा उचित सुविधासहित बिदाई गर्नुपर्ने मागसहित अस्थायी शिक्षक सङ्घर्ष समितिले आन्दोलन जारी राखेको छ । अस्थायी शिक्षकको आन्दोलनका क्रममा गिरफ्तार गरिएका शिक्षक रामकलेवर साहलगायतलाई रिहा गर्न पनि महासङ्घले माग गरेको छ । बिहीबार कोटेश्वरस्थित सरस्वती माविमा विद्यालय बन्द गराउन गएका पाँच शिक्षकलाई प्रहरीले पक्राउ गरेको थियो ।

अस्थायी शिक्षकको आन्दोलनअन्तर्गत शुक्रबार पनि काठमाडौं उपत्यकाका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । अस्थायी शिक्षक सङ्घर्ष समितिका अध्यक्ष निरेन्द्र कुँवरले विद्यालय बन्द गराउनु आफूहरुको बाध्यता भएको जनाउनुभयो ।

समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।

समितिले ६० वर्ष पुगी अवकाश प्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायीका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्नेलगायत माग राखेको छ ।

शिक्षा ऐन (आठौँ संशोधन), २०७३ ले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (सम्मानजनक बिदाइ) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ ।

तपाईको प्रतिक्रिया