Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गर्नुभएको छ ।

laxmanlal-Karna

सद्भावना पार्टीका सह अध्यक्षसमेत रहेका नेता कर्णले महाअभियोग समिति गठन गर्दा पनि कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रले ठेकेदारी देखाएको अरोप लगाउँदै भन्नुभयो ‘अरु दल छैन यो देशमा ?

यी चार पार्टीले जे चाह्यो त्यही हुने ? यो कस्तो ठेकेदारी हो ?’ कर्णले यसअघि पनि सुशासन समिति गठन गर्दा यस्तै दादागिरी प्रमुख दलहरुले गरेको गुनासो गर्नुभयोे ।

रिपोर्टस क्लबमा बिहीबार भएको साक्षात्कारमा मधेसी मोर्चा र कांग्रेस–माओवादी केन्द्रबिच भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख भएपनि सरकारले महत्वपूर्ण काममा अहिलेसम्म प्रवेश नै नगरेको कर्णले आरोप लगाउनुभयो  ।

संविधान संशोधनमार्फत आफ्ना मुद्दाहरुको सम्बोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने उहाँको भनाई थियो ।

कर्णले सरकारले मोर्चासँग बसेर संविधान संशोधनको विषयमा साझा धारणा बनाएपछि मात्रै अन्य पार्टीसँग त्यसबारेमा छलफल हुनुपर्नेमा बताउनुभयो । उहाँले सरकारले बहानाबाजी गरेको समेत आरोप लगाउनृुभयो ।

छठसम्म पनि संविधान संशोधनमा ढिलासुस्ती भए वा कुनै प्रक्रिया अगाडी नबढाए संघर्षमा उत्रने तयारी मोर्चाको रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया