Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

लहान – पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस एकआपसमा ठोक्ँिकदा बसमा सवार तीनजनाको मृत्यु भएको छ भने अन्य १३ यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ५ ख ४८८९ नंको मकालु यात्रुवाहक बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४१३० नंको ट्रक राति २ बजेतिर एकआपसमा ठक्कर दिँदा बसमा सवार भारतको सिक्किम गान्तोक निवासी ३३ वर्षीय पायल अग्रवाल, सोही ठाउँका ३० वर्षीया बिन्दिया गुरुङ र पाँचथरको रवि–६ निवासी ३५ वर्षीया ननुका राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

ठक्कर दिने ट्रकका चालक मकवानपुरको हेटौँडा–३ निवासी फडेन्द्र राजपुरीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया