Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाललाई ठगी आरोपमा महानगरीय प्रहरी परिसर, ललितपुरले मंगलबार उनकै निवासबाट पक्राउ गरेको छ ।

geet

दाहाल कार्यरत संस्था ‘नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेड’ले १२ करोड ३५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको र हाल अनुसन्धानको क्रममा रहेको डिएसपी इश्वर कार्कीले बताउनुभयो ।

गीतकार संघको दोस्रो हुँदै तेस्रो कार्यकाल सम्हाल्दै आएका दाहालले वि.सं. २०४६ सालदेखि अमलेखगन्जस्थित अलकत्रा कम्पनीको लेखा फाँटको जिम्मेवारी लिँदै आएका थिए ।

संस्था घाटामा देखिएपछि दुई वर्षअघि बिटविन एण्ड ब्यारेल लिमिटेडले छानबिन गर्दा दाहालले १२ करोड ३५ लाख हिनामिना गरेको भेटिएको कम्पनीको आरोप छ।

यसपछि कम्पनीले दशैंअघि दाहालविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दिएको थियो । त्यसो त, दाहाल केही समयअघि नै विवादमा तानिएको हल्ला फिँजिइसकेको थियो ।

उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह सार्वजनिक गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया