Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ । संविधानको धारा १६९ अनुसार गठन भएको समितिलाई कुनै पनि व्यक्तिविरुद्ध महाअधियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबिन गरी महाअभियोगका लागि संसदमा सिफारिस गर्ने अधिकार हुने छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख तथा संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित भएमा त्यस्ता व्यक्ति स्वतः पदमुक्त हुने छन् ।

संसदले गठन गरेको समितिमा एमालेका पार्वत गुरुङ, सुशीला नेपाल, केशब बडाल, रेवतीरमण भण्डारी, राप्रपा नेपालका दिलनाथ गिरी तथा कांग्रेस ज्ञानेन्द्रबहादुर कार्कीलगायतका सांसदहरु सदस्य हुनुहुन्छ । ११ सदस्यीय समितिमा रहने अरुको नाम सार्वजनिक भएको छैन ।

अख्तियारका प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने आवाज उठिरहेका बेलामा संसदले महाअभियोग सिफारिस समिति गठन गरेको हो । समितिमा रहेका सदस्यहरुको नाम सभामुख ओनसरी घर्ती मगरले आजै बस्ने संसद बैठकमा पेश गर्नुहुने छ ।

तपाईको प्रतिक्रिया