Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

कञ्चनपुर – महाकाली अञ्चलमा बुधबारदेखि गाडी चल्न थालेका छन् । दुईदेखि बन्द भएका गाडी बिहानैदेखि चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा तीन बुँदे सहमति भएपछि गाडी चल्न थालेका छन् ।

बैठकले नमस्ते प्रालिले प्रक्रिया पूरा गरे नगरेको बारे यातायात व्यवस्था विभागमा जानकारी लिने र त्यतिञ्जेल नमस्ते प्रालिका गाडी नचलाउने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो ।

उहाँले दुवै पक्षबिच तोडफोड जस्ता अवाञ्छित गतिविधि नगर्ने र कसैले गरे त्यसलाई कारवाही गर्ने तथा यातायात विभागको जवाफ आएपछि गाडी चलाउने नचलाउने बारे फेरि छलफल गरेर टुङ्गो लगाउने सहमति भएको बताउनुभयो ।

नमस्ते शुक्लाफाँटा प्रालिले नयाँ गाडी चलाउन थालेपछि त्यसको विरोधमा महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समितिले विरोध गर्दै दुई दिनदेखि यातायात ठप्प पारेका थिए ।

तपाईको प्रतिक्रिया