Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – राजधानीबाट भैरहवा जांदै गरेको लु १ ख ७३९१ नं को रात्री बस गएराति नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशुली नदीमा खसेको छ ।
आठ जनालाई घाइते अवस्थामा उद्वार गरिएको छ भने एकजनाको मृत्यु भएको छ । पुरुषको शव भेटिए पनि उनको पहिचान खुलेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसको आधा भाग त्रिशुलीमा डुबेकाले अन्य यात्रु बेपत्ता भएको हुनसक्ने भन्दै नदी र दुर्घटनास्थल आसपासमा खोजी कार्य गरिएको छ । प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा खटिएको छ ।

दुर्घटनाग्रस्त बसको चालक र सहचालक सम्पर्कमा नरहेकाले बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन । काठमाडौँबाट नारायणगढ तर्फ आउँदै गरेको यात्रु बस साँझ पौने नौ बजे त्रिशूलीमा खसेको हो ।
मुग्लिन–नारायणगढ सडकखण्ड स्तरोन्नतिको काम भइरहेकाले पछिल्लो समय दैनिकजसो यहाँ दुर्घटना हुँदै आएका छन् । रासस ***

तपाईको प्रतिक्रिया