Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले थप १० दिन विदा स्वीकृत गराउनुभएको छ ।

सर्वोच्च अदालतले मुद्दा तामेलीको प्रयास गरिरहेका बेला कार्कीले क्यानडाबाटै थप १० दिन विदा स्वीकृत गराउनुभएको हो । कार्की असोज ३ गते कार्यक्रममा सहभागी हुन भन्दै क्यानडा जानुभएको थियो ।

पहिलो चरणमा असोज २१ गतेसम्मको विदा स्वीकृत गराएर क्यानडा हिड्नुभएका कार्कीले दशैं विदा सकिएको भोलिपल्टै असोज २८ गतेदेखि ३० गतेसम्म थप दुई दिनको विदा स्वीकृत गराउनुभएका कार्कीले पुनः कात्तिक १ देखि १० गतेसम्म विदा माग्नुभएको हो । उहाँले बिदा मागेपछि राष्ट्रपति कार्यालयले विदा स्वीकृत समेत गरिसकेको राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ ।

उहाँले कात्तिक १ देखि १० गतेसम्म घर विदा स्वीकृत गराएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको हो ।

तपाईको प्रतिक्रिया