Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको म्याद तामेल भएको छ ।

करिव एक महिनाको लामो प्रयासपछि आज बानेश्वरस्थित कार्कीको घरमा म्याद तामेल भएको प्रतिवेदन अदालतमा प्राप्त भएको छ । काठमाडौं महानगरपालिका वडा नं १० की सचिव सरिता राईको रोहबरमा म्याद तामेल पत्र पढेर सुनाइनुका साथै कार्कीको घरको पूर्व फर्किएको दैलोमा टाँसोको व्यहोरा सर्वोच्चमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

कार्की अख्तियार प्रमुख हुनका लागि आवश्यक योग्यता नभएको भन्दै परेको मुद्दामा प्रधानन्यायाधीशसहितको इजलासले पुनरावलोकन हुने फैसला सुनाएको थियो । र, अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चमा उपस्थित हुन तामेली दिइएको थियो । तर, कार्की त्यसलाई छल्न विदेश भ्रमणमा जानुभएको र उहाँ अझैसम्म स्वदेश फर्कनुभएको छैन् ।

कार्की नआएपछि सर्वोच्चले म्याद तामेलका लागि टोली खटायो । अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा आफ्नो प्रतिनिधि पठाउन सक्नेछ । त्यसो त कार्कीले ३० दिनको म्याद थप्न भने पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया